नियम १०
संयुक्त इजलासबाट हेरिने
देहायका मुद्दा, निवेदनपत्र र प्रतिवेदनहरू अदालतको संयुक्त इजलासबाट हेरिने छन्‌- (क) पुनरावेदनका रूपमा दर्ता भएका मुद्दाहरू, (ख) साधक, (ग) कारण _देखाउने आदेश भइसकेपछि पेस हुने देहायका निवेदनपत्रहरू:- (१) निषेधाज्ञा सम्बन्धी निवेदनपत्र, (२) बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनपत्र, (३) परमादेश सम्बन्धी निवेदनपत्र, (४) उत्रेषण सम्बन्धी निवेदनपत्र, (५) प्रतिषेध सम्बन्धी निवेदनपत्र र (६) अधिकारपृच्छा सम्बन्धी निवेदनपत्र । (घ) ऐनको दफा द को उपदफा (२) को खण्ड (ख) बमोजिम मातहत अदालतबाट झिकाइएको मुद्दा, (ङ) अदालतको अबहेलना सम्बन्धी मुद्दा, (च) संयुक्त इजलासबाट हेरिने मुद्दाको लगाउको मुद्दा, (छ) संयुक्त इजलासमा पेस हुने मुद्वासँग सम्बन्धित निवेदनहरू, (ज) मुद्दा मामिला तथा फैसला कार्यान्वयनसँग सम्बन्धित प्रतिवेदनहरू, (झ) यो नियमावली प्रारम्भ हुँदाका बखत अदालतमा विचाराधीन रहेका करार ऐन, २०५६ को दफा ८७ अन्तर्गतका निवेदनहरु, -१(ञज) यस नियमावलीमा अन्य इजलासबाट हेरिने भनी तोकिए बाहेकका मुद्दा, निवेदन तथा प्रतिवेदन ।